
डाइट, व्यायाम, निद्रा र सामाजिक सम्पर्कजस्ता जीवनशैलीका कारकहरूले मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा प्रभावित गर्छन्। अस्वस्थकर बानीले डिप्रेसनको जोखिम बढाउँछ भने, स्वस्थ बानीले यसलाई रोक्न र कम गर्न मद्दत गर्छ।
पोषणयुक्त तत्वहरूको कमी भएको खराब खानाले मस्तिष्कको कार्यशैली र मनोभावमा नकारात्मक असर पार्छ, जसले डिप्रेसनको जोखिम बढाउँछ।
यसको विपरीत, फलफूल, तरकारी, साबुत अन्न र सुक्खा प्रोटिनयुक्त खाना खानाले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। एक अध्ययनका अनुसार मानिसको जीवनशैली पनि डिप्रेसनको कारण बन्ने सक्ने खुलासामा भएको छ।
शारीरिक गतिविधि: यदि तपाईं आफैंलाई एक ठाउँमा बन्द गर्दै जानुहुन्छ भने, विस्तारै-विस्तारै डिप्रेसनको शिकार बन्नुहुन्छ।
शारीरिक गतिविधि कम हुँदा मुड स्विङ (मनोभावमा अचानक परिवर्तन)को खतरा बढ्छ। त्यसैले, दैनिक व्यायाम गर्न आवश्यक छ, जसले तनाव कम गर्छ र मानसिक स्वास्थ्य सुधार गर्छ।
निद्रा: पर्याप्त र गुणस्तरीय निद्रा नपाउनु वा खराब निद्रा लिने बानीले मनोभावलाई नकारात्मक बनाउँछ र डिप्रेसनलाई बढाउँछ।
नियमित निद्रा समयतालिका बनाउनु र सोही अनुसारको वातावरण तयार पार्नु मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ।
सामाजिक सम्बन्ध: एक्लोपन र सामाजिक समर्थनको अभावले डिप्रेसनको जोखिम बढाउँछ। बलियो सामाजिक सम्बन्ध स्थापना गर्नु र कायम राख्नु तनावबाट बच्न र स्वास्थ्यलाई बढावा दिन मद्दत गर्छ।