०८ असार २०८३, सोमबार

झिनो अंकले घट्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

चैत २६, २०८१
काठमाडौं
झिनो अंकले घट्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से परिसूचक ३.४४ अङ्कले घटेर २६६६.६१ को विन्दुमा कायम भएको हो । यस दिन बजारमा १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता शेयरको खरिद गर्दा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार मात्रै ३३.३३ अंकले घटेको नेप्से २६७०.०६ को विन्दुमा बन्द भएको थियो । 

सामान्य अङ्कले घटेको बजारमा बोटल्स नेपाल बालाजु र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यस दिन यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड ५९ करोड १४ लाख ४२ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

मङ्गलबार बजार पुँजीकरण ४४ खर्ब २७ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्