०४ असार २०८३, बिहीबार

सवारी साधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास [ड्रोन तस्वीरहरू ]

असार ७, २०८२
काठमाडौं
सवारी साधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास [ड्रोन तस्वीरहरू ]

ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरे । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका हुन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण शुरू भएको थियो । शुरूमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै काम सकेको हो ।

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्