१४ असार २०८३, आइतबार

‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर

साउन २, २०८२
काठमाडौं
‘अब म चुप लाग्दिनँ’ भन्दै एलिनाले सार्वजनिक गरिन् यातना पाएको तस्बिर

गायिका एलिना चौहानले एउटा गम्भीर तस्बिर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हिंसाको सिकार भएको प्रस्ट हुने तस्बिर सार्वजनिक गरेकी हुन् । 

केही पहिले नै पति विष्णु सापकोटासँग सम्बन्धबिच्छेद गरेकी एलिनाले ९ जुन २०२४ को उक्त तस्बिर सार्वजनिक गरेकी हुन् । 

उनले सार्वजनिक गरेको तस्बिरमा यातनाले गालाभरी नीलडाम भएको देखिन्छ । 

शुक्रबार फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले अब चुप नलाग्ने र यो हरेक नेपाली चेलीको आवाज  भएको बताएकी छन् । 

आजै सापकोटाले आफू मानसिक पीडाबाट गुज्रिरहेका बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्