२४ जेठ २०८३, आइतबार

विष्णु माझीको तीज गीतको धमाका, नेतादेखि कलाकारसम्मको प्रतिक्रिया

साउन २९, २०८२
काठमाडौं
विष्णु माझीको तीज गीतको धमाका, नेतादेखि कलाकारसम्मको प्रतिक्रिया

लोकप्रिय गायिका विष्णु माझीले सार्वजनिक गरेको २०८२ सालको तीज गीत ‘म त नराउरी’ले एक दिनमै निकै चर्चा बटुलेको छ ।

नेता, कलाकारदेखि सर्वसाधारण समेतले सामाजिक सञ्जालमा माझीको गीतको प्रशंसा गरेका छन् ।

युट्युबमा अपलोड गरिएको २४ घण्टामै १४ लाख बढीले उनको गीत हेरेका छन् ।

बुधबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको गीत बिहीबार बिहानसम्म १ दशमलव ४ मिलियनले हेरेका छन् । १० हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

नेकपा एमालेका उपमहासचिव एवं पूर्व संस्कृति पर्यटन मन्त्री प्रदीप ज्ञवालीले गीत शेयर गर्दै लेखेका छन्, ‘आहा, कति मीठो स्वर, कति मन छुने शब्दहरू, कति सुन्दर कोरियोग्राफी ।’

ज्ञवालीको सो स्टाटस उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले समेत शेयर गरेका छन् ।

गीतका कमेन्ट गर्ने बहुसंख्यकले सकारात्मक सन्देश लेखेका छन्– ‘बल्ल तीज आएको महसुस भयो ।’

सार्वजनिक जीवनमा कमै देखिने माझीले स्वर दिएका गीत विगतदेखि नै लोकप्रिय बन्दै आएका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्