२५ जेठ २०८३, सोमबार

नाडा अटो शोका लागि ल्याइयो फ्लाइङ ट्याक्सी

साउन ३१, २०८२
काठमाडौं
नाडा अटो शोका लागि ल्याइयो फ्लाइङ ट्याक्सी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौँ ल्याएको छ । 

आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल फ्लाइङ ट्याक्सी  सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।

आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रूपमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्