
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौँ ल्याएको छ ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल फ्लाइङ ट्याक्सी सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।
आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रूपमा लिएको छ ।