११ साउन २०८३, सोमबार

लुम्बिनी सरकारमा सहभागी कांग्रेसका मन्त्रीले राजीनामा दिने

साउन १०, २०८३
काठमाडौं
लुम्बिनी सरकारमा सहभागी कांग्रेसका मन्त्रीले राजीनामा दिने
शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिने भएका छन् । 

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै कांग्रेसले सरकार छाड्न लागेको हो । 

शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आइतबार साँझसम्म राजीनामा बुझाउने जानकारी दिए ।

‘एमाले र नेकपाबीच सरकार चलाउने साझेदारी गरेकाले हामी आज साँझसम्म राजीनामा दिने तयारीमा छौं’, मन्त्री राणाले । 

यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो ।  

लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । 

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्