११ साउन २०८३, सोमबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : बिना पाठेघर कसरी जन्मे कृपाचार्य ?

साउन ९, २०८३
काठमाडौं

कुरुकुलको कुलगुरु कृपाचार्यको नाम प्राय: हामी सबैले सुनेका छौँ । उनी महाभारत युद्धका त्यस्ता योद्धा हुन्, जो अहिलेसम्म पनि जीवित छन् ।

महाभारत युद्धपछि जीवित हुने योद्धाहरूमध्ये अरू सबै कालकवलित भइसकेका छन् तर चिरञ्जीवी अर्थात् कल्पान्त जीवी भएका नाताले उनी र उनका भाञ्जा अश्वत्स्थामा भने अहिलेसम्म पनि जीवितै रहेका छन् ।

तर, उनको जन्म भने परम्परागत प्रक्रियाबाट भएको छैन । उनलाई न आमाको गर्भको आवश्यकता परेको छ न परम्परागत प्रक्रियाकै आवश्यकता परेको छ ।

त्यसो भए उनको जन्म कसरी भएको छ त ?

महाभातका कथाहरूमा हाम्रा पूर्वहरूले यस्ता ज्ञान लुकाएका छन्, जसलाई बुझ्न केवल धार्मिक चश्मामात्र पर्याप्त हुँदैन, विज्ञान र दर्शनको आँखा पनि चाहिन्छ । कृपाचार्यको जन्म कसरी भयो ? यो प्रकृतिको एउटा गज्जबको रहस्य होला तर उनले आफ्नो कर्मले हस्तिनापुरको इतिहासमा जुन स्थान बनाए, त्यो अमर छ ।

आजको भिडियोमा इतिहास, दर्शन र विज्ञानको दृष्टिबाट यसैको खोजी गर्ने प्रयास गरेका छौँ । कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहुन आग्रह गर्दछौँ ।

salt training

कमेन्ट गर्नुहोस्