०९ साउन २०८३, शनिबार

२१ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

साउन ८, २०८३
काठमाडौं
२१ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले २१ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोली खटिएको थियो ।

भट्टराईलाई आयोगको टोलीले सेवाग्राहीबाट लिएको २१ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्