०६ साउन २०८३, बुधबार

स्थानीय सेवामा भएको ढिलासुस्ती र भ्रष्टाचारका उजुरी मुख्यसचिवले हेर्ने

साउन ५, २०८३
काठमाडौं
स्थानीय सेवामा भएको ढिलासुस्ती र भ्रष्टाचारका उजुरी मुख्यसचिवले हेर्ने

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाको सम्बोधनका लागि सरकारले नयाँ व्यवस्था लागू गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै ‘हेलो सरकार’ पोर्टल तथा गुनासो सुनुवाइका विभिन्न संयन्त्रमार्फत प्राप्त स्थानीय तहसम्बन्धी उजुरी अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गरिने जनाएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित गुनासोको छिटो र प्रभावकारी समाधान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।

गुनासा दर्ताका लागि हेलो सरकारको विद्युतीय प्रणाली www.gunaso.opmcm.gov.np, निःशुल्क हटलाइन नम्बर ११११, मोबाइल नम्बर ९८५११४५०४५ तथा व्हाटसप नम्बर ९८५११४५०४५ प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

सम्बन्धित सबै सरोकारवालालाई उक्त व्यवस्थाबारे जानकारी लिन र गुनासा दर्ता गर्न भनिएको छ ।

null

 

कमेन्ट गर्नुहोस्