०९ साउन २०८३, शनिबार

राहुल गान्धी रिहा

साउन ५, २०८३
काठमाडौं
राहुल गान्धी रिहा

 नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका कांग्रेस नेता राहुल गान्धीसहितका विपक्षी नेताहरू रिहा भएका छन्। 

मंगलबार दिउँसो ३:३० बजेदेखि धर्नामा बसेका राहुल, प्रियंका गान्धी र अखिलेश यादव लगायतका नेताहरूलाई प्रहरीले करिब ३ घण्टापछि नियन्त्रणमा लिएर राति पौने १० बजे रिहा गरेको हो।

निट परीक्षामा भएको भनिएको धाँधली र पेपर लिकको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेर विपक्षी नेताहरू प्रधानमन्त्री निवास घेर्न पुगेका थिए। उच्च सुरक्षा क्षेत्रमा धर्ना बसेपछि प्रहरीले राहुल गान्धीलगायतलाई नियन्त्रणमा लिएको थियो । 
हिरासतबाट रिहा भएपछि प्रियंका गान्धीले विद्यार्थीको आवाज उठाउनु जनप्रतिनिधिको जिम्मेवारी भएको र शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताइन्। 

यता, भाजपाले भने राहुल गान्धीले अराजकता फैलाउन खोजेको आरोप लगाएको छ। राहुलले सामाजिक सञ्जालमार्फत विद्यार्थीको न्यायका लागि लडाइँ जारी रहने उल्लेख गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्