०९ साउन २०८३, शनिबार

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

साउन ९, २०८३
मकवानपुर
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

 बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे समयावधिको प्रगति विवरणअनुसार यस अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चतर्फ ८६ प्रतिशत प्रगति भएको छ । यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेशसभामा पुगेको मन्त्रालयले जनाएको छ ।

नवप्रवर्द्धन, अनुसन्धान तथा विशेष अभियानअन्तर्गत हरेक जिल्लाः एक टिमुर बगैँचा, एक फलफूल वन अभियान सञ्चालन गरिएको छ । एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियान, सुनाखरी उद्यान स्थापना आदि गरिएको जनाइएको छ ।

हरित अर्थतन्त्र, उद्यम तथा रोजगारीअन्तर्गत वनजन्य उद्यम (जडीबुटी, सिताके च्याउ, दुनाटपरी, मिनरल वाटर, पर्यापर्यटन) प्रवर्द्धन, राजमार्ग आसपास हरित उद्यम विकास, निजी तथा कबुलियती वन प्रवर्द्धन, बाँस, अलैँचीलगायत बहुउपयोगी प्रजातिको विस्तारजस्ता कार्यक्रम अघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्