१० साउन २०८३, आइतबार

सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते

साउन ९, २०८३
काठमाडौं
सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते

सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएको जनाइएको छ ।

सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका छन् ।”

दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गृह मन्त्रालयले यो दुर्घटना ‘आन्तरिक सुरक्षा बलका केही कर्मचारी बोकेको बस र एक अर्को सार्वजनिक बस’ आपसमा ठोक्किएर भएको बताएको छ, तर घाइते र मृत्यु हुनेमध्ये कति जना सुरक्षा बलका थिए भन्ने खुलासा गरेको छैन।

राष्ट्रिय टेलिभिजनले दुर्घटनाका दृश्यहरू प्रसारण गरेको छ, जसमा आगो लागेको बस र राजमार्गभरि छरिएका भग्नावशेष र मृतकहरूका तस्बिर देखिन्छ ।

यस महिनाको सुरुतिर दक्षिणी सिरियाको दारा प्रान्तको राजमार्गमा साउदी अरबबाट फर्कने तीर्थयात्री बोकेको बस पल्टिएर पाँच जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए, जसमध्ये अधिकांश लेबनानी थिए।

प्रान्तीय अधिकारीहरूले त्यो दुर्घटनाको कारण तीव्र गति हुन सक्ने अनुमान गरेका थिए। वर्षौंको गृहयुद्ध र बेवास्तापछि सिरियाको पूर्वाधार जीर्ण भएको छ र धेरै सडकहरू मर्मतको खाँचोमा छन्।

गत वर्ष उत्तर–पूर्वी सिरियामा एउटा बस तेल ट्याङ्करसँग ठोकिएर भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने केही अन्य घाइते भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्