०५ साउन २०८३, मंगलबार

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

साउन ४, २०८३
मोरङ
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका ९ बस्ने ४९ वर्षीय मिक्मार तामाङ छन्। उनलाई मोरङको विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम ६ लाख ६५ हजार रुपैयाँसहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्