०९ साउन २०८३, शनिबार

ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’

साउन ५, २०८३
काठमाडौं
ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’

स्पेनिस फुटबल लिग (ला लिगा)का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफामाथि गैरजिम्मेवार ढङ्गले अघि बढेको आरोप लगाएका छन् ।

मङ्गलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’को संज्ञा दिए ।

“फुटबल उद्योग भनेको केवल विश्वकप मात्र होइन, चाहे त्यो जतिसुकै महत्त्वपूर्ण किन नहोस्,” उनले भने ।

उनका अनुसार फिफाले ४० दिनसम्म सञ्चालन हुने सीमित अवधिको प्रतियोगितालाई प्राथमिकता दिँदै हजारौँ रोजगारी सिर्जना गर्ने समग्र फुटबल उद्योगलाई कमजोर बनाइरहेको छ ।

गत जुनमा भएको विश्वकप उद्घाटन समारोहका क्रममा इन्फान्टिनोले सन् २०३० को विश्वकपको शताब्दी संस्करणलाई ६४ टोलीसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको बताएका थिए । उक्त विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ भने पाराग्वे, उरुग्वे र अर्जेन्टिनामा पनि केही खेल सञ्चालन हुनेछन् ।

टेबासले प्रतियोगिताको व्यस्त तालिकाप्रति आफूहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएको उल्लेख गर्दै ६४ टोलीको विश्वकपले फुटबल क्यालेन्डरलाई अझ जटिल बनाउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्