१० साउन २०८३, आइतबार

ललितपुर महानगरपालिका–३ मा २४सै घण्टा एआई कलिङ सेवा सुरु

साउन ५, २०८३
काठमाडौं
ललितपुर महानगरपालिका–३ मा २४सै घण्टा एआई कलिङ सेवा सुरु

 ललितपुर महानगरपालिका–३ ले २४सै घण्टा सञ्चालन हुने एआई कलिङ सेवा सुरु गरेको छ ।

वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘तपाईंको समस्या, मेरो समाधान’ नारासहित सुरु गरिएको सेवामार्फत वडाले प्रदान गर्ने सबै सेवाबारे जानकारी लिन र गुनासो दर्ता गर्न सकिने जनाएको छ।

वडाध्यक्ष श्रीगोपाल महर्जनले एआई कलिङमार्फत नागरिकले जुनसुकै समयमा सेवा सम्बन्धी जानकारी पाउने र जनप्रतिनिधि वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको अवस्थामा पनि समस्या समाधानका लागि सहजीकरण हुने बताए।

ब्लु ओभल इन्टरनेशनलका प्रतिनिधि तथा प्रविधि विकासकर्ता प्रदीप श्रेष्ठले नागरिक र स्थानीय सरकारबीचको समन्वय सहज बनाउन एक महिनाको तयारीपछि यो प्रविधि विकास गरिएको जानकारी दिए।

हाल एआई कलिङ सेवाले नेपाली भाषामा आवश्यक सूचना उपलब्ध गराउनुका साथै अनलाइनमार्फत आवाज र लिखित रूपमा गुनासो दर्ता गर्न सक्ने सुविधा दिएको छ। वडा कार्यालयका अनुसार मल्टिपल एलएलएममा आधारित यो प्रणालीमा आगामी दिनमा अन्य भाषासमेत थपिनेछन्।

salt training

कमेन्ट गर्नुहोस्