१० साउन २०८३, आइतबार

गाडीको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

साउन १०, २०८३
बुटवल
गाडीको ठक्करबाट कपिलवस्तुमा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

कपिलवस्तुमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

शुद्धोधन गाउँपालिका–६ बिमिहा चोकमा शनिबार तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००४ प३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

त्यसक्रममा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा यशोधरा गाउँपालिका–२ का ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ छन् । 

कपिलवस्तु प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार पश्चिमबाट काठमाडौं जाँदै गरेको गाडीले ठक्कर दिएर दुर्घटना भएको हो ।

गम्भीर घाइते दुवै जनालाई दुर्घटनापछि जिल्ला अस्पताल कपिलवस्तुमा पुर्‍याउँदा मृत्यु भइसकेको एसपी भट्टले बताए ।

अहिले बुटवल-गोरुसिंगे सडक निर्माणको क्रममा रहेकाले पश्चिमबाट पूर्वतर्फ जाने गाडी हुलाकी सडक भएर जाने गर्छन् । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्