०६ साउन २०८३, बुधबार

कीर्तिपुरमा जलेको कारमा भेटिएको शव काठमाडौंका सूर्यचन्द्र श्रेष्ठको

साउन ५, २०८३
काठमाडौं
कीर्तिपुरमा जलेको कारमा भेटिएको शव काठमाडौंका सूर्यचन्द्र श्रेष्ठको

कीर्तिपुरमा मंगलबार बिहान आगलागी भएको कारमा भेटिएको शव काठमाडौंका सूर्यचन्द्र श्रेष्ठको रहेको पाइएको छ ।

कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा कारमा आगलागी हुँदा भेटिएको शव काठमाडौं महानगरपालिका-२६ क्षेत्रपाटीका श्रेष्ठको रहेको सनाखत भएको प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए । 

बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको थियो । कारभित्र उनको शव भेटिएको थियो । श्रेष्ठको शव कारको चालक सिटमा सिट बेल्ट लगाएको अवस्थामा फेला परेको थियो ।

उनी औषधि व्यवसायमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्