
काठमाडौंको चोभारमा मंगलबार भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनाको नजिककै स्वास्थ्य संस्था र १ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त कीर्तिपुरका अनुसार घाइते १० जनाकै अवस्था सामान्य छ ।
मंगलबार बिहान बा २ ख २७१९ नम्बरको बस र बा २ ख ७२०९ नम्बरको ट्यांकर आपसमा ठोक्किएका थिए ।