०१ साउन २०८३, शुक्रबार

भैरहवामा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

असार ३२, २०८३
बुटवल
भैरहवामा माइक्रो बस दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना यात्रु घाइते भएका छन् । 

ओमसतिया गाउँपालिका–२ मा लु १ ख ८९९० नम्बरको बस बिहीबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा माइक्रो बसका सहचालक बुटवल उपमहानगरपालिका–३  का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलियाका ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ का ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ । 

अन्य घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुरका ४६ वर्षीय छविलाल थापालाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्