०१ साउन २०८३, शुक्रबार

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

असार ३२, २०८३
धनुषा
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

 मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गरेका छन् ।

मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ प्रदेश प्रमुख कर्णले प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख कर्णले प्रदेशसभाबाट पारित दुवै विधेयक नेपालको संविधान २०७२ को धारा २०१ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्