११ साउन २०८३, सोमबार

भानुभक्तको शालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ

साउन १०, २०८३
काठमाडौं
भानुभक्तको शालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ

आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको शालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित उक्त शालिकहरू तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा हाल लमजुङमा बस्दै आएका २४ वर्षीय रोशन कुँवरलाई पक्राउ गरिएको हो ।

निजलाई लमजुङ जिल्ला अदालतबाट आपराधिक उपद्रव मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्