०५ साउन २०८३, मंगलबार

काठमाडौंको टेकुमा गोली चल्यो, ३ जना पक्राउ

साउन ३, २०८३
काठमाडौं
काठमाडौंको टेकुमा गोली चल्यो, ३ जना पक्राउ

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले काठमाडौंको टेकुमा गोली चलाएको छ ।

काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

प्रहरीका अनुसार गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको ब्यूरोका प्रमुख एवं एसएसपी सुवासचन्द्र बोहराले लोकान्तरलाई जानकारी दिए ।

गोली लागेर भारतीय नागरिक राज सोनी घाइते भएका छन् । उनको दुई वटै खुट्टाको घुँडामुनी गोली लागेको छ । घाइते सोनीलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीले सोनीबाट टापेन्टाडल नाम गरेको २४ हजार सात सय वटा ट्याबलेट बरामद गरेको छ । सोनीसँगै प्रहरीले दुई नेपाली नागरिकलाई पनि पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्