३२ असार २०८३, बिहीबार

प्रहरीमाथि हातपात गरेको आरोपमा बाराका दुई युवक पक्राउ

असार ३२, २०८३
काठमाडौं
प्रहरीमाथि हातपात गरेको आरोपमा बाराका दुई युवक पक्राउ

बाराको सिम्रौनगढमा सवारी साधन जाँचका क्रममा प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब ७:१२ बजे सिम्रौनगढ नगरपालिका–६ स्थित पावर हाउस चोकमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र अस्थायी ट्राफिक प्रहरी पोष्ट सिम्रौनगढबाट संयुक्त रूपमा सवारी साधन जाँच भइरहेको थियो ।

सोही क्रममा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ५८ प ५७३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई नहर पुलको पूर्वपट्टि डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको थियो । 

दुर्घटनापछि मोटरसाइकल र त्यसमा सवार व्यक्तिलाई उद्धार गर्ने क्रममा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–५ का १९ वर्षीय सुनिलचन्द्र दास र पछाडि सवार सोही स्थानका २० वर्षीय लालमोहन दासले प्रहरी टोलीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।

घटनापछि दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्