२५ जेठ २०८३, सोमबार

हैजा फैलिएको क्षेत्रमा गौर प्रादेशिक अस्पतालको टोली परिचालन

भदौ ९, २०८२
विरगञ्ज
हैजा फैलिएको क्षेत्रमा गौर प्रादेशिक अस्पतालको टोली परिचालन

पर्साको वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पुगेको छ । 

गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग गर्न चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए । 

‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौं’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।’

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।     

salt training

कमेन्ट गर्नुहोस्