
दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु–तिकरमा खच्चड व्यवसाय गर्दै आएका ६० वर्षीय जयसिंह खाती तिंकर गाउँमा एक्कासी बिरामी भएपछि स्टेचरमा बोकेर अस्पताल लगिँदै ।
तिंकरमा स्वास्थ्य चौकी नभएकाले भारतीय बाटो हुँदै जिल्ला अस्पताल दार्चुला ल्याउँदा दार्चुलामा पनि सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर भएकोले सीतापुरसम्म स्टेचरमा बोकेर ल्याइँदै गरेको दृश्य हो यो ।
बिरामी खातीलाई बोक्न स्थानीय र सुरक्षाकर्मीले सहयोग गरेका छन् । तस्वीर : नरेन्द्रसिंह कार्की/रासस