१९ असार २०८३, शुक्रबार

खतिवडाको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक

भदौ २९, २०८२
काठमाडौं
खतिवडाको नयाँ गीत ‘जमाना आजकल’ सार्वजनिक

गीतकार नारायण खतिवडाले शब्द सिर्जना गरेको नयाँ गीत ‘जमाना आजकल’ हालै सार्वजनिक भएको छ । 

सार्वजनिक गरिएको गीतले शीर्षककै झल्को दिनेगरी वर्तमान समाजमा भइरहेको तीव्र सांस्कृतिक रूपान्तरण र त्यसका असरलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । गीतमा सामाजिक मूल्य–मान्यता आएको रूपान्तरणलाई चिरफार गरिएको छ ।

जीवन्त स्वर र संगीतको समिश्रण रहेको गीतलाई मनोज सङ्सोन राईले संगीत र एरेन्ज गरेका छन् । स्वरमा भने स्वयं मनोज सङ्सोन राईसँगै सुरेश पायल राई र बिनुसा राईको सुमधुर स्वर रहेको छ । 

गीतको भिडियोमार्फत् आफ्नो पहिचान जोगाउन सन्देश दिन चाहेको छ । गीतले संस्कृति, पहिरन र पहिचानको प्रश्न उठान गरेको पाइन्छ । जसमा  दौरा–सुरुवाल, ढाका टोपी, गुन्यू–चोली, फरिया जस्ता नेपाली परम्परागत पोशाकलाई  फेशनले विस्थापित गरिरहेको विषय उठाइएको छ ।

‘दौरा र सुरुवाल टोपीलाई फेसनले डाँडो कटायो’ वा ‘गुन्यू चोली फरिया फेसनले डाँडो कटायो’ भन्ने पंक्तिहरू केवल लुगाको कुरा मात्र होइनन्, बरु मौलिकता र पहिचानको संकटलाई प्रतिविम्बित गरेको छ ।

त्यस्तै, ‘ड्वाङ् ड्वाङ् र डुङ डुङ करायो, खैजडी र डम्फू हरायो’ भन्ने शब्दले लोक वाद्य र संस्कृतिको हराउँदै गएको र अहिले जस्ता पनि गीतहरू आउने गरेको अवस्थालाई व्यङ्ग्य गर्दै ऐतिहासिक कला र संस्कृतिलाई पनि बिर्सनु हुँदैन भन्ने सन्देश दिएको छ । 

नमस्ते नेपाल डिजिटल स्टुडियोबाट प्रमुख अन्तर्रास्ट्रिय प्लेटफर्मा सार्वजनिक गरिएको गीतमा सहारा, राहुल, अस्मिता , मिरा, महेश्वर लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

 

 

salt training

कमेन्ट गर्नुहोस्