२५ जेठ २०८३, सोमबार

गायक दुर्गेश थापाले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिने

असोज २९, २०८२
काठमाडौं
गायक दुर्गेश थापाले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिने

गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन् ।

अमेरिकाका विभिन्न ११ सहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलो पटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्ससबाट सुरु भएर नोभेम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।

उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।

दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ ।

अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ ।

आयोजक मध्येका एक रोशन पुरीका अनुसार पहिलो पटक अमेरिकामा रहेका नेपालीहरू माझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए ।

कार्यक्रम मध्ये नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले बताइएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौँ पनि भनेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्