१९ असार २०८३, शुक्रबार

कुखुरा मासुको मूल्य घट्यो

असोज २९, २०८२
काठमाडौं
कुखुरा मासुको मूल्य घट्यो

 बजारमा कुखुरा मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज (बुधबार) देखि लागू हुने गरी कुखुरा मासुको मूल्यमा कमी गरिएको हो।

संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २४० रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुराको मूल्य प्रतिकिलो २५० रुपैयाँ थियो।

त्यस्तै, तयारी (सफा) कुखुरा मासुको मूल्य पनि १५ रुपैयाँले घटेर ३३० रुपैयाँ प्रतिकिलो पुगेको छ। पहिले सो मूल्य ३४५ रुपैयाँ थियो।

अध्यक्ष बीसीका अनुसार हाल कुखुरा उत्पादनमा वृद्धि भएसँगै बिक्री कम भएको कारण मूल्य घटाइएको हो।

salt training

कमेन्ट गर्नुहोस्