२५ जेठ २०८३, सोमबार

थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

कात्तिक २३, २०८२
चितवन
थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवनको भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।

कँडेलले उनीहरूको स्वास्थ्य बीमा बापतको दुई लाख ४१ हजार ५०० हस्तान्तरण गरेका हुन् ।

सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बीमा बापतको रकम प्रदान गर्दै आएको उनले बताए ।

शुरूआतमा ३३ बिरामीलाई सेवा दिएर शुरू गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।

समाजले गरेको बीमाबाट बिरामीका परिवारले लाभ लिन पाउनेछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्