१४ असार २०८३, आइतबार

ब्राउन सुगरसहित डाक्टर पक्राउ

पुस १०, २०७४
ब्राउन सुगरसहित डाक्टर पक्राउ

धरान, १० पुस– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हास्टेलबाट ब्राउन सुगरसहित एकजना डाक्टर पक्राउ परेका छन् । प्रतिष्ठानमै अध्ययन गरेर इन्टन गर्दै गरेका क्षितिज श्रेष्ठसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 


प्रतिष्ठानको होस्टेलको ११४ नम्बर कोठाबाट काठमाडौं सिनामंगलका डा श्रेष्ठसहित धरान १० का दिनेश श्रेष्ठ र धरान ५ का उज्ज्वल हलुवाईलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुको साथबाट २५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेशवर पौडेलले जानकारी दिए । 


हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्