![भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको चहलपहल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/congress_bhrikutimandap5_gVUO9KxZBq.jpg)
काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको चहलपहल शुरू भएको छ । भोलिबाट शुरू हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा स्टेज बनाउनेदेखि अन्य सजावटका काम भैरहेका छन् ।
विशेष महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू फाट्टफुट्ट भेला भएर चियागफ गरिरहेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरका आजका लागि तय गरिएका औपचारिक कार्यक्रम भने स्थगित गरिएको छ । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनमा शोक व्यक्त गर्दै विशेष महाधिवेशन पक्षधरले आजका सबै कार्यक्रम स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षले आज पदयात्रालगायत कार्यक्रम निर्धारण गरेको थियो । तर, दाहालको निधनपछि ती सबै कार्यक्रम स्थगित गरिएको हो ।

भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने विज्ञप्तिमा उल्लेख छ ।
महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् ।





तस्वीरहरू : रोमन आचार्य/लोकान्तर