०४ असार २०८३, बिहीबार

सामाजिक सञ्जाल दुरुपयोगमा निगरानी बढाइने

माघ ७, २०८२
काठमाडौं
सामाजिक सञ्जाल दुरुपयोगमा निगरानी बढाइने

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा आसन्न निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल भएको छ ।

गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन प्रचार-प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्ने र त्यसको निगरानीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । 

त्यस्तै, गैरकानूनी रूपमा सामाजिक सञ्जालको दुरुपयोग गरेमा कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ ।

केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भइ कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको छ । 

निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा गृहमन्त्री अर्याललाई ब्रिफिङ गरेका थिए ।  बैठकमा पछिल्लो सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण गरिएको थियो । 

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ। 

त्यस्तै, राजनीतिक दल र उम्मेदवारको प्रचार-प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्