२५ जेठ २०८३, सोमबार

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको अध्यक्षमा श्रेष्ठ

माघ ७, २०८२
काठमाडौं
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको अध्यक्षमा श्रेष्ठ

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले नयाँ नेतृत्व पाएको छ ।

सिबिफिनको अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।​ 

परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १५औं बैठकले श्रेष्ठलाई अध्यक्षका रूपमा चयन गरेको सिबिफिनका महानिर्देशक महानिर्देशक रोशन कोइरालाले जानकारी दिए ।

निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुसमा सम्पन्न साधारणसभाबाट सञ्चालक समितिका रूपमा नरहेपछि उक्त पद रिक्त भएको थियो ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्य निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ ।

नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि महासचिव थिए ।

त्यसैगरी नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औं बैठकले सिबिफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरूमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्ष मध्येबाट मनोनीत गर्ने व्यवस्था बमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्