२३ जेठ २०८३, शनिबार

एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अग्रवाल

जेठ १९, २०८३
काठमाडौं
एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अग्रवाल

एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।

यही जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।

अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धि हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्