
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुनसहित पक्राउ परेका छन् ।
सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलमा सरसफाइको काम गर्ने ४० वर्षीय डिकबहादुर राउतलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलमा रहेको डस्टबिनको फोहोरबाट सुन निकालेर बाहिर लैजान लागेका बेला मंगलबार साँझ साढे ७ बजेको समयमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चेकिङ पोस्टमा फोहोरको पोकालाई स्क्रिनिङ गर्दा सुनको सिक्रीलाई कुच्याएको टुक्राहरूको देखिएको थियो ।
अन्दाजी ४.४ ग्राम तौल भएको धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।