०४ असार २०८३, बिहीबार

वीरगञ्जमा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण : ३ जना घाइते, दुइटा सवारी साधन तोडफोड

माघ २६, २०८२
काठमाडौं
वीरगञ्जमा छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण : ३ जना घाइते, दुइटा सवारी साधन तोडफोड

पर्साको वीरगञ्ज महानगरपालिस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएको र दुइटा सवारीसाधन तोडफोड भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । 

उनका अनुसार आज बिहान विशेष सूचनाको आधारमा आदर्श टोलमा अवैध रूपमा भन्सार छली लुकाई-छिपाई राखिएको सामान छापामारी गर्न एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज र भन्सारको संयुक्त टोली परिचालन गरिएको थियो । 

छापा मारेर सामान लोड गर्ने क्रममा स्थानीय २०-२५ जनाको समूहले ढुंगामुढासहित आक्रमण गरेको उनले बताए । 

संयुक्त टोलीले करिब ५ लाख मूल्य बराबरका भन्सार छलीका ५ पोका कपडा बरामद गरेको उनले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्