०५ असार २०८३, शुक्रबार

बलात्कार आरोपमा झापाबाट १ जना पक्राउ

फागुन १, २०८२
झापा
बलात्कार आरोपमा झापाबाट १ जना पक्राउ

झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका ७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेल छन् । उनलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्