
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीका सिन्धुली र सुनसरीबाट तीन÷तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ ।