२९ जेठ २०८३, शुक्रबार

कर्मचारी ट्रेड युनियन खारेजीविरुद्धको अन्तरिम आदेशले निरन्तरता पाएन

जेठ २९, २०८३
काठमाडौं
कर्मचारी ट्रेड युनियन खारेजीविरुद्धको अन्तरिम आदेशले निरन्तरता पाएन

कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन सम्बन्धमा यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासले शुक्रबार यस्तो आदेश गरेको हो ।

सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने गरी ल्याएको 'केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' को दफा १० तत्काल कार्यान्वयन नगर्न र नगराउन यसअघि अल्पकालीन अन्तरिम आदेश दिइएको थियो ।

संविधानले प्रत्याभूत गरेको संघ–संस्था खोल्ने स्वतन्त्रता, ट्रेड युनियन गठन गर्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक जोडिएको हुनाले सरकारको निर्णय तत्काललाई यथास्थितिमा राख्नुपर्ने यसअघिको आदेशमा उल्लेख थियो ।

पाँच सदस्यीय संवैधानिक इजलासमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको बहुमत (३ जना)ले आदेश जारी गरेको थियो ।

इजलासका अन्य दुई न्यायाधीशहरू विनोद शर्मा र शारङ्गा सुवेदीले भने अध्यादेश संसद्‌मा पेस हुने प्रक्रियामा रहेको र तत्कालै अपूरणीय क्षति नपुग्ने भन्दै एकपक्षीय सुनुवाइबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको भनी फरक मत राखेका थिए ।

शुक्रबारको आदेशसँगै यसअघि संवैधानिक इजलासले बहुमतबाट दिएको अल्पकालीन अन्तरिम आदेश निष्क्रिय भएको छ ।

संवैधानिक इजलासको शुक्रबारको आदेशले तत्कालका लागि सरकारी निर्णय कार्यान्वयनको बाटो खुलेको छ ।

यस्तो छ आदेश :

salt training

कमेन्ट गर्नुहोस्