२९ असार २०८३, सोमबार

उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

जेठ २९, २०८३
काठमाडौं
उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी सार्वजनिक गरेको छ ।

उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकसित गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो ।

शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्वीरहरू खिच्न सकिन्छ ।

यो स्मार्ट फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ ।

यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्वीरहरू खिच्न सक्छ ।

३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्