३१ असार २०८३, बुधबार

विष्णु पौडेलविरुद्ध पाँचौंपटक म्याद थप

असार २९, २०८३
काठमाडौं
विष्णु पौडेलविरुद्ध पाँचौंपटक म्याद थप

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हिरासतमा राखी अनुसन्धान गर्न विशेष अदालतले पाँचौंपटक म्याद थप गरेको छ ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार विशेष अदालतले पौडेललाई थप ३ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

पौडेल सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।

विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट सोमबार उक्त म्याद थपको आदेश भएको हो ।

विभागले अनुसन्धान प्रक्रिया नसकिएको भन्दै थप अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न पौडेललाई अदालतसमक्ष पेस गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्