३१ जेठ २०८३, आइतबार

१८ हजार बालबालिकामा शीघ्र कडा कुपोषण

जेठ ३०, २०८३
काठमाडौं
१८ हजार बालबालिकामा शीघ्र कडा कुपोषण

सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो ।

उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार अभियानको क्रममा १० लाख ३५ हजार २०१ बालबालिकामा परीक्षण गरिएकामा १८ हजार ३०९ जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन् ।

जाँच गर्दा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषित रहेका पाइएको पोषण शाखा प्रमुख थापाले बताए । सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्