
अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० बाइकर्स क्याफेमा लन्च गरिएको छ ।
यही फागुन १ गते शुक्रबार भएको कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो । जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गर्यो । उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाइ-टर्न नेभिगेसन, राइड-बाइ-वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू तथा हजार्ड लाइट प्रणालीजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ । जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ।
उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । जसले आधुनिक प्रविधिसहित प्रदर्शन केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२०८२ फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइडमार्फत ग्राहकहरूले बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
