०४ असार २०८३, बिहीबार

९ सय ५५ केजी गाँजासहित २ जना पक्राउ

फागुन ५, २०८२
सुनसरी
९ सय ५५ केजी गाँजासहित २ जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीषणबाबु राईको कमान्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुई वटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरि नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी बरामद गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्