०३ असार २०८३, बुधबार

होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

फागुन १३, २०८२
काठमाडौं
होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका ८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका ७ घर भएका ४२ वर्षीय शिवबहादुर घर्ती रहेका छन् ।

काठमाडौं महानगरपालिका १२ टेकुस्थित शिवबहादुरले सञ्चालन गरेको रोडलाइन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले पीडितको सकुशल उद्धार गरेको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागी उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्