फागुन २१ गतेको चुनावमा झण्डै दुईतिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको गृहकार्य गरिरहेको छ ।
वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनावमा गएको रास्वपाले उनलाई संसदीय दलको नेता बनाउन विधान संशोधनको तयारी पनि गरिरहेको छ ।
नवलपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित रास्वपा सांसद राजन गौतम एक हप्तामा बालेन प्रधानमन्त्री बन्ने र त्यसपछि जनतामा आशा जगाउने खालका काम शुरू गर्ने बताउँछन् ।
पुराना संसदवादी दलले पटक–पटक अवसर पाएर पनि काम नगरेकाले यसपटक जनताले रास्वपालाई भरोसा गरेको गौतमको विश्लेषण छ ।
लोकान्तर डट्कमसँगको भिडियो संवादमा गौतमले ५ वर्षमा काम गर्न नसके जनताले आफूहरूको घण्टी बजाइदिने बताए ।
रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका गौतम नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको विरासत रहेको पूर्वी नवलपरासीबाट ५० हजारभन्दा बढी मत पाएर सांसद निर्वाचित भएका हुन् ।
कहिलेसम्म बन्छन् बालेन प्रधानमन्त्री ?
के हुनेछन् रास्वपा सरकारका प्राथमिकता ?
रास्वपा सरकारले सुधारको काम कहाँबाट प्रारम्भ गर्छ ?
सरकार सञ्चालन गर्न बालेनलाई ५ वर्ष नै रविको समर्थन रहन्छ ?
रास्वपाले ५ वर्ष सरकार सञ्चालन गर्न पायो भने के परिवर्तन हुन्छ ?
दुई नेताबीचको टकरावले फेरि पनि सरकार र संसद अस्थिर हुने खतरा कति छ ?
प्रतिपक्षी दल कमजोर हुँदा रास्वपा सरकार स्वेच्छाचारी बन्ने खतरा त छैन ?
यी लगायत समसामयिक विषयमा सांसद गौतमसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा: