२३ जेठ २०८३, शनिबार
क्रिकेटदेखि राजनीतिसम्म पूर्व कप्तान

सांसद बन्न नपाएपछि अब के हुन्छ ज्ञानेन्द्र मल्लको राजनीतिक यात्रा ? [अन्तर्वार्ता]

चैत १०, २०८२
काठमाडौं

सांसद नबने पनि राजनीतिमै ज्ञानेन्द्र मल्ल नेपाली खेलकुद क्षेत्रमा चर्चित नाम हो, ज्ञानेन्द्र मल्ल । नेपाली क्रिकेटको विकासमा उनको भूमिका भुल्नै नसकिने छ । कहिले खेलाडीको भूमिकामा त कहिले कप्तानको भूमिकामा, मल्ल निरन्तर नेपाली क्रिकेटको श्रीवृद्धिमा सक्रिय रहे ।

खेलाडीको भूमिकाबाट बिदा लिएपछि पनि उनी निरन्तर क्रिकेटसँग जोडिइरहे । प्रशिक्षकको भूमिकामा पनि उनले नेपाली क्रिकेटलाई योगदान दिए । सिनियर राष्ट्रिय टोलीको सहायक–प्रशिक्षकको भूमिकामा रहेर पनि उनले काम गरे ।

खेलाडीको भूमिकामा पहिलो र प्रशिक्षकको भूमिकामा दोस्रो इनिङपछि पछिल्लो समय उनले अप्रत्यासित रूपमा आफ्नो जीवनको तेस्रो इनिङ्स शुरू गरेका छन्, राजनीतिक सक्रियतासँगै । प्रतिनिधिसभाको निर्वाचनभन्दा ठीक अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन् ।

मल्ल रास्वपाबाट समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरमा समेत परेका थिए । तर, प्राविधिक कारणले उनले संसद्सम्मको यात्रा तय गर्न पाएनन् ।

आखिर किन अप्रत्यासित रूपमा उनी राजनीतिसँग जोडिन पुगे त ? यो परिस्थिति अचानक तयार भएको थियो वा पहिलेदेखि नै उनले यो योजना बनाएका थिए ? यिनै सम–सामयिक विषयमा केन्द्रित रहेर लोकान्तरले मल्लसँग कुराकानी गरेको छ ।

कुराकानीका क्रममा हामीले मल्लसँग खेलको माध्यमले देशको गौरव बढाउने व्यक्ति अचानक राजनीतिमा सक्रिय हुनुपर्ने परिस्थिति, रास्वपा नै रोजाइमा पर्नुको कारण, राजनीतिमा होमिँदा परिवार र साथीभाइबाट आएको प्रतिक्रिया, संसदमा पुग्न नसकेपछिको परिस्थिति, आगामी योजना, नेपाली खेलकुदको विकासका लागि कोरिएका मार्गचित्र लगायतका विषयमा प्रश्न सोधेका थियौँ । ​

मल्लको अभिव्यक्तिका हाइलाइट्स:

राजनीति पेशा होइन, समाजसेवा हो ।

क्रिकेटबाट कहिल्यै टाढा हुन सक्दिनँ ।

राजनीतिमा मै हुनुपर्छ भन्ने मानसिकता नै खराब हो ।

व्यक्ति गौण हो, देश सधैँ केन्द्रमा रहनुपर्छ ।

नेपाली खेलकुदमा व्यापक सुधार आवश्यक छ ।

प्रस्तुत छ, मल्लसँग गरिएको कुराकानीकोसम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्