०५ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

चैत २०, २०८२
काठमाडौं
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

 वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ । विभागले आज एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो ।

सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ । विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो ।

यसैबिच काठमाडौँ प्रहरीले आज पनि यात्रुलाई विभिन्न बहानामा दुखहैरानी दिने १३ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो चार दिनदेखि नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई दुखहैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।

सोही क्रममा आज कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरीले निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्